डोटीको जोरायलमा मिनि ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु, एक जना घाईते
2021/01/21, 6:39

डोटीको जोरायल गाउँपालिका–२ गरुडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । भीमदत्त राजमार्ग अन्तरगतको सडक खण्डमा भएको दुर्घटनामा परी डडेल्धुराबाट धनगढीतर्फ आइरहेको सुपप्र ००२००३ प ४९०२ नम्बरको मोटरसाइकलमा सवार डडेल्धुराको अमरगढी नगरपालिका–४ का ३० वर्षीय प्रदिप घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख १२४४ नम्बरको मिनि ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिईएको ट्राफिक पोष्ट बुडरले जनाएको छ ।
सोही मोटरसाइकलका चालक अमरगढी–४ कै ३० वर्षीय नरेन्द्र घिमिरे भने घाइते भएको ट्राफिक पोष्ट बुडरका प्रहरी सहायक निरीक्षक राजेन्द्र विष्टले बताए । घाइते नरेन्द्रलाई उपचारका लागि धनगढी ल्याईएको उनले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07