भारतबाट फर्किएर डडेल्धुराको क्वारेन्टाईनमा मृत्यु भएका बालकको कोरोना रिर्पोट नेगेटिभ
2020/06/01, 7:49

डडेल्धुरामा क्वारेन्टाइनमा मृत्यु भएका बालकको कोरोना रिर्पोट नेगेटिभ आएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा भारतबाट फर्किएर क्वारेन्टाईनमा बसेका उनको रिर्पोट नेगेटिभ आएको हो । मृतक बालकको थ्रोट स्वाबको नमूना परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

आमाबुवासँगै भारतबाट फर्किएर डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएका नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ७ वर्षीय बालकको शनिबार राती मृत्यु भएको थियो ।
बालकको कोरोना रिर्पोट नेगेटिभ आएपछि शव परिवारलाई बुझाईएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले बताए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07