
कैलालीमा वन अतिक्रमण हटाउन खोज्दा स्थानीयले अवरोध गरेका छन् । जिल्लाको कैलारी गाउँपालिका–७ स्थित बसन्ता वन क्षेत्रमा बनाइएको संचरचना हटाउन खोजिएपछि स्थानीयले अवरोध गरेका हुन् । डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले स्थानीयको अवरोधपछि काम रोकिएको जानकारी दिए ।

आक्रोसित स्थानीयले उनीहरुले वडा नम्बर ७ को वडा कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । यसैगरी, कैलारी गाउँपालिकाको कार्यालयमा पनि तालाबन्दीको प्रयास गरेको थियो । बाढीपीडित भएको भन्दै स्थानीयले सो ठाउँमा वन क्षेत्रमा संरचना बनाउन खोजेका छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/11/03, 4:58
2024/04/03, 1:35
2021/08/06, 9:43
2022/05/11, 12:45