सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित र सक्रिय संक्रमितको संख्या घट्दै 
2021/01/25, 6:22
 
corona

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ७२ जनाकोे नमूना परीक्षण गर्दा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पताल र कमलबजार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कील बताए ।  

उनका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५३ जनाको नमूना परीक्षण गर्दा २ जना, कमलबजार अस्पतालको प्रयोगशालामा १५ जनाको नमूना परीक्षण गर्दा २ जना र डडेल्धुरा अस्पताल प्रयोगशालामा ४ जनाको नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशका अन्य प्रयोगशालामा भने कोरोना परीक्षण भएको छैन् । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार २ सय ८९ पुगेको छ ।  

संक्रमण पुष्टि भएका मध्ये १२ हजार ५ सय ६९ जनाले कोरोना जितेका छन् भने ७४ जनाको मृत्यु भइसकेको छ 

सक्रिय संक्रमितको संख्या घट्दै
सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो समय संक्रमण घटेको र निको हुने दर बढेकाले सक्रिय संक्रमितको संख्या घट्दै गएको हो ।

केही सयम अगाडी सक्रिय संक्रमितको संख्या ढाई हजार पुगेको यो प्रदेशमा अब सो संख्या झरेर एक हजार तीन सय २५ मा झरेको छ ।

प्रदेशको केही स्थानीय तह सक्रिय संक्रमितविहीन भइसकेका छन् भने केही जिल्ला पनि सक्रिय संक्रमित विहीन हुने क्रममा छन् । 

हालसम्म १३ हजार ९४९ जनामा कोरोना पुष्टि भएकोमा १२ हजार पाँच सय ६९ जना निको भइसकेका छन् ।