डोटीमा १ किलो एक सय ग्राम सुन र साढे १७ लाख नगद बरामद
2021/01/27, 3:30
 
a

डोटीमा प्रहरीले एक किलो भन्दा बढि सुन र साढे १७ लाख नगद बरामद गरेको छ । केआईसिंह गाउँपालिका वडा नं. ६ भिताणीमा लुकाएर राखेको सुन र १७ लाख ४७ हजार नगर बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले नगद बोकेर तराई जाने क्रममा बृद्ध महिला काली भुललाई पक्राउ गरिएको बताए ।

उनका अनुसार सोधपुछका क्रममा घरमा ठूलो परिणाममा सुन रहेको खुलेपछि घरबाट ११ सय ग्राम सुन बरामद गरिएको हो ।भुललाई पनि पक्राउ गरिएको जोशीले बताए । प्रहरीका अनुसार भारतमा मजदुरी गर्दै आएका एक व्यक्तिले भदौमा ठूलो परिणाममा सुन पठाएका थिए । तर सुन पठाउने ब्यक्ति गाउँमा छैनन् । सुन अन्य ब्यक्तिले पनि बाँडेर लिएको हुनसक्ने आशंका गरिएको छ ।