कैलाली क्याम्पसका सुरुवाती दिन सम्झिदा...
2021/02/01, 12:30
 
p

हेमराज पन्त

२०३७ सालको असोज महिनामा व्यवस्थापन स्नातकोत्तर तहको अंतिम सेमेष्टरको परिक्षाको वेला म काठमाण्डौ घट्टेकुलो स्थित हाम्रो घरको वाथरुममा लडेर टाउकोमा चोट लागि उपचार गराई रहेको थिए । समान्य अवस्थामा फर्कन झण्डै दुई महिना लागेको थियो । अर्को समेष्टरको परीक्षा आउदा सम्म दुई तिन महिना के गर्ने भनेर सोचि रहेको थिए । धनगढीमा क्याम्पस स्थापना भएको कुरा सुनेको थिए । त्थसै वेला क्याम्पस प्रमुख नियुक्त हनु भएका चन्द्रधर उप्रेतीले मेरो दाज्यु प्रा.प्रेमराज पन्तसंग मरो वारेमा कुरा गर्नु भई मलाई धनगढी पठाई दिन अनुरोघ गर्नु भएको रहेछ । कैलाली क्याम्पसमा नेपाली विषय पढाउन जान लाग्नु भएका स्व.जय राज पन्त दाईले पनि मलाई तिमिले पनि त्यहा जानुपर्छ भन्नु भो । चन्द्रधर उप्रेती नेपाल ल क्याम्पसको प्रध्यापक हुनुहुन्थ्यो । रिटायर हुन केहि समय वाकि छदै त्रि.वि.वाट विदा लिएर कैलाली क्याम्पसमा जानु भएको थियो । डडेल्घुराको हटगाउँ पुख्यौलि घर भएका उप्रेति सर वहाँके दाजु पुष्कर नाथ उप्रेति तथा पुर्व रापंस र समाजसेवि खगराज पन्त नगरपालिकाको तत्कालिन प्रधानपन्च यज्ञराज पन्तको सम्पर्कवाट धनगढीमा आउनु भएको थियो ।

धनगढीमा नया खुलेको क्याम्पसमा अरु विषय पढाउने शिक्षकको व्यवस्था भएपनि व्यवस्थापनका विषयहरु विशेष गरि लेखा विषय पढाउने शिक्षक पाईएको रहेनछ । गोरखापत्रमा विज्ञापन गर्दा पनि लेखा विषयको शिक्षकको लागि एउटा पनि दरखास्त परेको थिएन । उपे्रती सर लेखा विषय पढाउने शिक्षक खोज्न काठमाण्डौ आउनु भएको रहेछ । त्यसै कारणले उहाले म संग कुरागर्न खोज्नु भएको थियो । म काठमाण्डौको कालिकास्थानमा चन्द्रधर उप्रेती सरको घरमा उहालाई भेटन गए । चन्द्रधर सरलाई भेटेपछि एकाउन्ट पढाउन सक्छौ कि सक्दैनौ भनरे सोधेको मलाई अहिले पनि याद छ । वहाले आफ्नो ठाउमा गएर काम गर्नु पर्दछ भनि मलाई प्रेरित गर्नु भयो ।

अन्यत्रका मानिसको लागि त्यस वेला धनगढी दुर्गम जस्तै थियो । कतै जानुपरे भारत वाट भएर आवत जावत गर्नु पर्दथ्यो । नेपाल वाटै आउने जाने वाटो थिएन । धनगढीवाट महेन्द्रनगर जान लाई समेत मैलानि ,पिलिभित भएर जानु पर्दथ्यो । त्यो अवस्थामा अरु ठाउका व्यक्तिहरु त्यो पनि निजि स्तरमा खुुलेको क्याम्पसमा पढाउन यहाँ आउने सभावना थिएन । मलाई भेटे पछि उप्रेती सर ठुलो तनाव वाट मुक्त हुनु भएको जस्तो मलाई लाग्यो । वहाको कुरा गराई वाट त्यस्तै देखिन्थ्यो । सवै मानिस याहा आउन तयार नहुने हुनाले त्यस वेलाको संचालक समितिले क्याम्पसमा पढाउने पुर्ण कालिन सहायक प्रध्यापक लाई त्रि.वि.को प्रचलित स्केलमा दुर्गम भत्ता पच्चिस प्रतिशत र अर्को विशेष भत्ता पच्चिस प्रतिशत गरि पचास प्रतिशत थप तलव दिने र स्थाई भएपछि संचयकोष ,पेन्सन समेत दिने निर्णय गरको थियो । त्यो आकर्षण पनि उप्रेती सरले मलाई देखाउनु भयो । वहाले मलाई पनि आफुसंगै जानुपर्छ भन्ने कुरा गर्नु भो । २०३७ सालको पुष महिनाको मध्य तिर उप्रेति सर र म भारतको वाटो हुदै धनगढी आयौ । त्यस वेला गौरिफन्टा सम्म रेल आउथ्यो ।

त्यस वेला कैलाली क्याम्पस को पढाई धनगढीको हसनपुर स्थित पन्चोदय स्कूलको भवनमा हुन्थ्यो । म पहिलो पटक जाँदा पन्चोदय स्कूल कता पर्छ भन्ने थाहा थिएन । वाटोमा अरुलाई सोधेर गएको थिए । कैलाली क्याम्पसमा २०३७ साल माध १९ गते वाट क्लास सुरु भएको थियो । मेरो नियुक्ति २०३७ माध १ गतेदेखि लागु हुने गरि दिईएको थियो । कक्षा सुरु हुनु भन्दा केहि दिन अगि देखिनै हामिहरु पन्चोदय स्कुलमा गएर कक्षा संचालनको पुर्व तयारिको काममा लाग्ने गर्दथ्यौ । त्यसवेला क्याम्पसको नाम कैलाली वाणिज्य क्याम्पस थियो । कैलाली वहुमुखी क्याम्पस भन्ने नाम पछि परिवर्तन गरिएको हो । क्याम्पसको पहिलो व्याचमा आर्इं.कम.पहिलो वर्षमा जम्मा १४५ जना विद्यार्थि भर्ना भएका थिए । ए र वि गरि दुई सेक्सन थिए । मलाई अहिले पनि सम्झना छ २०३७ साल माघ १९ गते विहान ७ वजे पहिलो घन्टी लागे संगै चन्द्रघर सरले एउटा क्लासमा तिमि जाउ भने पछि म चक र डस्टर लिएर एउटा सेक्सनमा गएको थिए । विध्यार्थि हरु संग परिचय पछि त्यस दिन लेखा प्रणालि भनेको के हो भन्ने विषयमा क्लास लिएको थिए । त्यसवेला मलाई लागेको थिएन कि २०३७ साल माघ १९ गते मैले समातेको चक र डस्टरले जिवन भर मेरो साथ छोडने छैन भनेर । पहलो दिन क्लासमा जादा देखेका विद्यार्थिका अनुहारहरु अहिले पनि सम्झन्छु जस्तै पुष्करनाथ ओझा, नर वहादुर चन्द, ज्ञानि मल्ल, जनक शाह, गोपाल हमाल, जानकि तुलाधर ,डिल्ली जोशि, . स्व.कमला पति जोशि, धर्म वहादुर सिह आदि ।

सुरुमा स्व.जय राज पन्त, मुकेश श्रेष्ठ र म गरि जम्मा तिन जना मात्र पुर्णकालिन शिक्षक थियौ । कर्मचारी तर्फ यज्ञ राज भट्ट र खग राज भट्ट थिए । पछि विस्तारै अरु शिक्षकहरु थपिएका हुन । अन्य शिक्षक हरु विभिन्न कार्यलयहरुमा कार्यरत कर्मचारी हरु थिए । वहाँ हरुलाई विहान पार्ट टाईम पढाउने गरि नियुक्ति गरिएको थियो । सुरुमा पार्ट टाइम पढाउने शिक्षक हरुमा स्व. देव कान्त पन्त , सुरेन्द चन्द ,करवीर शाह, खेम राज पाण्डेय, स्व.चक्रपाणि रेग्मी, आदि हनुहुन्थो । पछि २०३८ सालमा सुरेन्द् चन्द सर पहिलेको जागिर छोडेर क्याम्पसमा पुर्ण कालिन शिक्षक हुनु भएको हो । त्यस पछि चेत राज ओझा, स्व.भिम राज जोशि, विना जोशि,जय राम वर्मा शेर सिंह रावत, सोमेन्द्र हमाल, शुसिला स्वार , पनि पुर्ण कालिन शिक्षकको रुपमा क्याम्पस मा आउनु भयो । श्री विश्वनाथ जोशि त्रि.वि. वाट काजमा यस क्याम्पसमा आउनु भएको थियो । वहा पछि न्यायाधीश हुनुभयो । केहि समय कैलाली क्याम्पसमा पढाए पछि जयराज पन्त त्रिभुवन विश्वविद्यालयमा र मुकेश श्रेष्ठ कृषि विकास वैकमा जानु भो ।

क्याम्पसको भवन नभएकोले कक्षाहरु स्कूल समय भन्दा वाहिर चलाउनु पदथ्यो । ्हिउदमा विहान र गर्मिमा दिउसो क्लास चलाउनु पर्दथ्यो । गर्मिमा दिउसो तिन वजे वाट कक्षा संचालन हुन्थे । त्यसवेला धनगढीमा विजुलि भरपर्दो थिएन । कहिले काहि दुई तिन दिन सम्म पनि वत्ति हुदैनथ्यो । पठन पाठनमा वाधा नहोस भनेर क्याम्पसले दस वाह् वोटा मट्टीतेलवाट वल्ने पेट्रोम्ोक्स किनेको थियो । वेलुकिका क्लासहरु अकसर गरेर पेट्रोमेक्स वालेरनै पढाउने गरिन्थ्यो । हरेक क्लासमा दुईटा पेट्रोमेक्स को व्यवस्था गरिएको थियो । एउटा पढाउने शिक्षको टेवुलमा र अर्काे क्लासको विचमा राखिन्थ्यो । त्ससवेला भुगोल पढाउने नेपालि शिक्षक नपाएर समस्या भएको थियो । भुगोल पढाउने एक जना भारतिय जयराम वर्मा थिए । उनले भुगोलमा एम.ए. गरेका थिए । उनि आफ्नो विषयमा निकै दक्ष थिए तर भाषाको समस्या थियो । उनि हिन्दी मात्र जान्ने ,नेपाली नजान्ने त्यसैले हिन्दीमा पढाउथे तर विध्यार्थिले हरु भने हिन्दी वुझेपनि त्यसलाई नेपालीमा लेखेर नोट वनाउन सक्दैनये । यस कार्यलाई सहज वनाउन खेम राज पाण्डेय सर को सहायत लिईयो । त्यसवेला वहाँ त्रिनगर स्कूलको हेड माष्टर हुनु हुन्थो । वहाले वि.एड.भुगोल विषय लिनु भएको रहेछ । क्लासमा पढाउदा जयराम वर्मा ले हिन्दीमा पढाउने र त्यहि कुरालाई खेम राज पाण्डेय ले व्याख्या गरेर नेपालीमा सम्झाई दिनु हुन्थ्यो र विध्यार्थिहरु नोट वनाउथे । केहि समय यसरि अनुवादक राखेर पनि पढाई गरियो । जयराम वर्माले नेपाली वेल्न सिके पछि यो समस्या रहेन उनि एक्लै पढाउन थाले । म अहिले पनि पन्चोदय स्कूलको भुईतलाको कोठामा वेलुकि पेट्रोमेक्सको उज्यालोमा एका तिर जयराम वर्मा र अर्को तिर खेम राज पाण्डेय सरले भुगोल पढाएको दृष्य विर्सेको छैन ।

कैलाली कयाम्पसको स्थापनामा तत्कालिन सेती अन्चलाधीश रत्न वहादुर गरुडको प्रमुख योगदान रहेको छ ।उनले नै तत्कालिन श्री ५ विरेन्द्रमा जालिको २७ विगाहा सरकारी जमीन क्याम्पसको को नाममा दर्ता गर्नको लागि हुकुमं प्रमाङ्घी गराएका थिए । त्यसवेलाको नियम अनुसार सम्वन्धीत अंचलको अन्चलाधीश क्याम्पस संचालक समितिको पदेन अध्यक्ष रहने व्यवस्था थियो । यो व्यवस्था पंचायत व्यवस्था रहदा सम्म कायम थियो ।

अन्चलाधीश गुरुङ क्याम्पसको ससाना कुरामा समेत व्यक्तिगत रुचि लिन्थे । एक पटक क्याम्पसको कक्षा सुरु हुने वेलामा पन्चोदय स्कुलको पियन कतै गएर कक्षा कोठा खोल्न सकिएन । दिउसो तिन वजे खोल्ल्नु पर्ने कक्षा कोठाहरुको साचो लिएर पियन वेपत्ता भएपछि कक्षा संचालन हुन सकने । विध्यार्थिहरु होहल्ला गर्दे अफिसमा आए । अफिस चाहि पन्चोदयको हाता भित्रको अर्को सानो घरमा थियो क्लासको साँचो पयिन संग मात्रै थियो अर्को साँचो थिएन । अव देखि यस्तो कुरा नदोहरिने भनि विध्यार्थि हरुलाई सम्झाएर पठायौ । पियन ले समयमा कोठा नखोलेको कारणाले क्याम्पसको कक्षा संचालन हुन नसकेको कुरा अन्चलाधीश गुरुङ कहाँ पनि पगेको रहेछ । एकछिन पछि एक जना मानिस आएर क्याम्पस प्रमुखलाई अन्चलाधीशज्यु ले वोलाउनु भएको छ भन्ने खवर ल्यायो । त्यस वेलासम्म धनगढीमा टेलिफोन आई सकेको थिएन । यस्तोे खवर गर्दा कार्यालयको पियन वा कोहि अन्य मान्छे पठाउने गरिन्थ्यो । त्यसवेला क्याम्पस प्रमुख चन्द्रधर उप्रेती मलाई निमित्त दिएर व्यक्तिगत कामले भारत तिर जानु भएको थियो । म अन्चलाधीश कार्यालयमा गएर त्यस दिन भएको घटना को जानकारी दिए । सवैकुरा सुनेपछि अन्चलाधीश गुरुङले पन्चोदयको हेड सर शीव रत्न उपाध्याय लाई पनि वोलाउन पठाउनु भयो । केहि वेरमा शिवरत्न सर पनि आई पुग्नु भो । अन्चलाधीश गुरुडले स्कूलको पियन समयमा नआएर विध्यार्थिको पढाई रोकिने घटना भविष्यमा दोहरिनु हुदैन भन्नु भयो । साथै वहाँले एउटा नयाँ ताल्चा किन्ने, त्यसको तिन साचो मध्धे एउटा क्याम्पस प्रमुख सित अर्को हेड सर सित र तश्रो साँचो पियन संग रहने व्यवस्था गर्न भन्नु भयो । यसो भएको खण्डमा पठन पाठनमा वाधा पर्देन भन्नु भयो । साथै वहाले पन्चोदयको पियन लाई प्रोत्साहन स्वरुप क्याम्पसले मासिक केहि रकम दिेने व्यवस्था गर्न पनि भन्नु भो । यस्ता ससाना कुरामा पनि अन्चलाधीशले चासो राख्दथे ।

जुनवेला कैलाली क्याम्पस स्थापना भयो त्यो वेला देशमा पन्चायति व्यवस्था थियो । वहुदलीय व्यवस्था आउन अझै नौ वर्ष वाकि थियो । पन्चायत वाहेक अरु राजनीतिक गतिविधि नगन्य थियो । काग्रेस, कम्युनिष्ट पार्टिहरु प्रतिवन्धित थिए र कुनै पनि राजनिितक गतिविधि गर्न वन्देज लगाईएको थियो । पार्टिका नेताहरु जसलाई त्यस वेला ईतर पक्ष भनिन्थो यात निर्वासित भएर भारतमा वसेका थिए या जेलमा या देशभित्रै भुमिगत भएका हुन्थे । क्याम्पसमा केहि राजनीतिक गतिविधि हुन्छ कि भनेर स्थानीय प्रशासन सधै चनाखो हुन्थ्यो । त्यस वेला क्लास क्लास समेत प्रशासनका सुराकि हरु हुन्थे । कुन शिक्षकले के गर्छ , को संग उठवस गर्छ, कस्तो पढाउछ ,के पढाउछ भन्ने कुरा पनि सि.डि.ओ., अन्चलाधीश कहा पुग्थ्यो । क्याम्पसका ससाना कुराहरु पनि प्रशासन कहाँ पुग्थे । पंचायति व्यवस्था समर्थक विध्यार्थिहरुको वोल वाला थियो । राष्ट्रवादि स्वतन्त्र विध्यार्थि मण्डल पंचायत समर्थक विद्यार्थि हरुको संगठन थियो उनिहरुको सि.डि.ओ. अन्चलाधीस सम्म पहँुच हुन्थ्यो । तिनिहरु खुलारुपमा कार्यक्रम गर्न पाउथे । प्रशासनले समेत सहयोग गर्दथ्यो ।ने.वि.संघ र अ.ने.रा.स्व.वि.यु. प्रतिवन्धित पार्टिहरुका भ्रातृ संगठन थिए । ने.वि.संघ र अनेरास्ववियुले त्यसरि खुला रुपमा आफ्ना गतिविधिहरु गर्न पाउदैनथे । समय समयमा विद्यार्थि नेताहरुलाई स्थानिय प्रशासनले पक्रने गरिरहेको हुन्थ्यो यि विद्यार्थि सगठनका अधिकांस कृयाकलापहर भुमिगत रुपमानै संचालन हुने गर्दथ े। । क्याम्पसको विकासका अन्य कार्यहरुमा अन्य विद्यार्थि संगठनहरुको साथसाथै राष्ट्रवादी विद्याार्थिहरुको पनि उल्लेखनिय योगदान रहेको थियो ।

क्याम्पस स्थापना भएपछि कैलाली क्याम्पसमा नेपाल प्राध्यापक संधको ईकाई स्थापना गर्ने कुरा हामिले उठायौं । अन्चलाधीश ले क्याम्पस प्रमुख उपे्रति सर लाई वोलाएर क्याम्पस मा प्राध्यापक संध को आवश्यकता छैन वरु कर्मचारी मिलन केन्द्रको सदस्य वन्न भन्नु प(यो भनेर दवाव दिएर पठाएका रहेछन । त्यस वेलाको कर्मचारी मिलन केन्द्र भनेको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुन्थ्यो । सवै सरकारी कार्यालयका र संस्थानका कर्मचारी हरु त्यसका सदस्य हुन्थे । त्यो संस्था पुर्ण रुपले सि.डि.ओ.को नियन्त्रणमा थियो । परोक्ष रुपमा पन्चायति व्यवस्थालाई सहयोग पुयाउनु कर्मचारी मिलन केन्द्रको उद्देश्य थियो । हामिले कर्मचारी मिलन केन्द्रको सदस्य हुन चाहेका थिएनौ । क्याम्पसका प्राध्यापकहरु को प्राध्यापक संध हुन्छ ,हामि कर्मचारी होईनौ त्यसैले कर्मचारी मिलन केन्द्रको सदस्य हुदैनौ भनेर अन्चलाधीश समक्ष अडान लियौ । हामि हरुलाई कर्मचारी मिलन केन्द्रको सदस्य वनाई क्याम्पसमा प्राध्यापक संध गठन हुन नदिन पन्चायत समर्थक धनगढीका त्यसवेलाका केहि गण्य माण्य व्यक्तिहरु लाई समेत प्रशासनले परिचालन गरेको थियो । त्यसवेला नेपालमा राजनीतिक दलहरु प्रतिवन्धित भए पनि केहि पेशागत संगठन खोल्न पाईन्थ्यो । नेपाल प्राध्यापक संध, नेपाल वार एसोसिएसन, नेपाल मेडिकल एसोसिएसन जस्ता पेसागत संगठनहरु पंचायत विरोधि संस्थाको रुपमा चिनिन्थे । ति संगठनहरुमा पंचायत व्यवस्था विरोधि फरक विचार राख्ने व्यक्तिहरु नेतृत्व तहमा चुनिने गर्दथे । जस्तै नेपाल प्राध्यापक संधमा २०३७ सालमा प्रजातान्त्रिक पक्षधर प्रा.वि.सि.मल्ल अध्यक्ष चुनिनु भएको थियो भने त्यस पछि प्रगतिशील पक्षधर प्रा.मङ्घल सिद्घी मानन्धर निर्वाचित हुनु भएको थियो । यसै कारणले सके सम्म केलाली क्याम्पसमा नेपाल प्राध्यापक संघको ईकाई खोल्न नदिने प्रशासनको प्रयास थियो । क्याम्पसका शिक्षक हरुको लामो प्रयास पछि र नेपाल प्राध्यापक संधको केन्द्रिय तहको दवाव ले गर्दा २०३८ सालमा स्व.जय राज पन्त को सभापतित्वमा नेपाल प्राध्यापक संध कैलाली क्याम्पस ईकाईको गठन भएको थियो ।

२०३८ सालमा राजा विरेन्द्रको दिपायलमा भ्रमण मुकाम थियो । राजाले हुकुमं प्रमाङ्घी गरि दिएको धनगढी वजार नजिकै को जालिको जंगलमा रहेको क्याम्पसको प्रस्तावित निर्माण स्थलमा पनि राजाको सवारी हुने कार्यक्रम छ भन्ने कुरा क्याम्पसका शिक्षक तथा विध्यार्थि हरुलाई सुनाईयो । सवारीको एक दिन अगाडि अन्चलाधीशले क्याम्पसका सवै शिक्षक तथा विध्यार्थिहरुलाई वोलाएर भोलि राजाको धनगढीमा सवारी छ तपाई हरु सवैले सके दौरा सुरुवाल नभए नेपाली टोपि लगाएर सरकारको स्वागतको लाइनमा वस्नु पर्छ भन्ने उर्दि जारि गरे । टोपि लाएर आउने कुरामा विधार्थिहरुले असहमति जनाए । अन्चलाधीशले टोपि किनि दिनु पयो हामि आफ्नै पैसाले टोपि किन्न सक्दैनौ भन्ने कुरा गरे । त्यस पछि अन्चलाधीशले प्र..जि.अ .लाई सवै विध्यार्थि हरुलाई एक एक वटा भादगाउले टोपि किनि दिने लिखित आदेश दिए । केहि छिन पछि सवै विध्यार्थिहरु लाई वजार वाट टोपि किनेर दिईयो ।

त्यसको भोलि पल्ट राजा को सवारी हुने दिनको मुख्य कार्यक्रम धनगढीको खुला मन्चमा थियो । तर क्याम्पसका शिक्षक र विध्यार्थिहरुलाई भने विहानै देखि हालको क्याम्पस रहेको स्थान जुन त्यस वेला पुरै जंगल थियो त्यहि गएर राजाको सवारीको प्रतिक्षा गर्न भनियो । चन्द्रधर उप्रेती सर चाहि खुला मंचमै हुनु हुन्थो र राजाको सवारी सगै क्याम्पस आउने कुरा थियो । हामिहरु दिन भरि भोक भोकै राजा आउछन भनेर कुरेर वस्यौ तर दिउसो ४ वजेसम्म पनि राजाको सवारी भएन । त्यसै वेला राजको हेलिकोप्टर खुलामन्चको कार्यक्रम सकेर क्याम्पस माथि वाट उडेर गयो । भादगाउले टोपि लगाएर दिन भरि राजा आउछन भनेर कुरेर वसेका विध्यार्थि हरुको धैर्य को वाँध फुट्यो र उनिहरु रिसाएर नारा लगाउदै अन्चलाधीश अफसिमा पुगेर कार्यालयको गेटमै सवैले टोपि फालेर पंचायति व्यवस्था मुर्दावाट , विद्यार्थि लाई राजा संग भेट गर्न नदिने स्थानिय प्रशासन मुर्दावाद भन्ने नारा लाउदै वजार तिर गए । त्यस वेला क्याम्पस स्व.वि.यु.का सभापति धर्म वहादुर सिह थिए । उनलेनै प्रदर्शनको नेतृत्व गरेका थिए । विध्यार्थि हरुले जुलुस , नारावाजि गर्नुृ अहिले सामान्य लाग्न सक्छ तर पंचायत कालमा त्यो ठुलो घटना थियो । वास्तवमा जालिको जंगलमा राजाको सवारि हुन्छ भनेर विद्यार्थिहरुलाई विहानै देखि त्यहाँ पठाउनु स्थानिय प्रसासनको विध्यार्थि हरुलाई राजाको नजिक पुग्न नदिने र खुलामन्च वाट टाढा राख्ने चाल थियो । खुला मन्चमा यदि कुनै विध्यार्थि ले पंचायत व्यवस्था विरोधि नारा लगाएको खण्डमा या अन्य कुनै अवान्छित गतिविधि गरेको खण्डमा प्रशासनलाई ठुलो समस्या पर्न सक्थ्यो । जागिर समेत जान सक्थ्यो । त्यसैले विध्यार्थिहरु लाई पन्छाउने त्यो एउटा सुनियोजित चाल थियो भन्ने कुरामा कुनै संका रहेन ।

क्याम्पसमा शिक्षकको माग गर्दा विज्ञापनमा संचयकोषको व्यवस्था गरिने छ भनिए पनि हामिहरुलाई संचयकोष को सुविधा मिलेको थिएन । हामिले पटक पटक अंचलाधीशलाई अनुरोघ गर्दा पनि यस सम्वन्धमा कुनै निर्णय भएन । त्यसै वेला हामि सात आठ जना स्थाई शिक्षकहरुले आपसमा सल्लाह गरि संचयकोषको सुविधा दिने निर्णय नभए सम्म दारि पाल्ने एक प्रकारको आपसि सहमति गरेका थियौ । क्याम्पसका सवै शिक्षक हरु दारि पालेका थिए । क्याम्पस प्रमुख उप्रेती सरले ले पटक पटक हामिहरुलाई दारि काटेर मात्र क्याम्पस मा आउन भन्नु भयो तर हामिले दारि काटेनौ । विस्तारै यो कुरा अंचलाधीश कहाँ सम्म पुगेछ । अंचलाधीश कहाँ कुरा लाउनेले क्याम्पसका सवै शिक्षकले दारि पालेका छन तिनिहरु सवै कम्युनिष्ट रहेछन, पंचायत विरोधि हुन, तिनिहरुलाई कार्यवाहि गर्नु पर्छ भनेर कुरा लाएछ । त्यसवेला दारि पाल्नेहरु कम्यनिष्ट हुन्छन भन्ने भनाई पनि प्रचलित थियो । त्यसैवेला धनगढीमा राजपरिवारको सदस्य सायद रेडक्रसको अध्यक्ष हेलेन शाह आउने कुरा थियो । हामि हरु सवै जना उहाँ लाई भेटने र आप्mनो कुरा भन्ने उपाय खोजि रहेका थियौ । त्यस पछि अंचलाधीश लाई यिनिहरुले सरकारमा जाहेर गर्न सक्छन भन्ने लागेर होला उनले एयरपोर्ट वाटै क्याम्पस प्रमुख उप्रेती सरलाई चिठ्ठी लेखेर म भोलि पर्सिनै संचालक समितिको वैठक राखेर संचयकोष सम्वन्धि निर्णय गराउछु सरहरुलाई जनकारी गराई दिनु भनेर लेखेका रहेछन । यस्तो खवर पाए पछि हामि हरुले दारि काटेका थियौ । त्यस पछि प्रचलित नियमानुसार संचयकोष कट्टी हुन थालेको हो ।

त्यसवेलाको पंचायति व्यवस्था कांग्रेस र कम्यनिष्ट हरु प्रति एकदमै अनुदार थियो । त्यस सम्वन्धि कुनै पनि कृयाकलाप क्याम्पसमा नहोस भन्ने स्थानिय प्रशासनको प्रयास रहेको हुन्थ्यो । २०३९ सालमा वि.पि.कोईरालाको निधन भयो । त्यस वेला पुर्व प्रधानमन्त्रिको निधनमा शोक विदा दिने नियम थियो तर वि.पि. को निधनमा विदा दिईएन । वि.पि.को निधन भएको दिन क्याम्पसका विद्यार्थि हरु र प्राध्यापक हरुले सोक सभा गर्ने तयारि गरे तर अंचलाधीश कार्यालयवाट क्याम्पस भित्र शोक सभा गर्न नपाईने, गरेको खण्डमा पक्राउ गर्ने चेतावनि सहितको जानकारी क्याम्पस प्रमुखलाई पठाईयो । विहानै देखि कुनै पनि क्लास भएको थिएन । ने.वि.संघ र अनेरास्ववियू का विद्ययार्थि हरु पढाई गर्नु हुदैन शोक सभा गर्नुृृ पर्दछ भन्दै थिए भने राष्टवादि मण्डलका विद्यार्थिहरु जसरि भए पनि क्लास हुन पर्छ भनेर दवाव दिदै थिए । तर शोक सभा गर्नु संभव थिएन तुरुन्तै पक्राउ पर्ने संभावना थियो । त्यस पछि शोक सभा गर्ने एउटा जुक्ति निकालियो. । यो शोक सभा नेता वि.पि. को भन्दा पनि साहित्यकार वि.पि.को स्मृतिमा हुने भनेर भनियो । साहित्यकार वि.पि.को शोक सभामा कसैको पनि आपत्ति गर्नु हुदैन भने पछि शोक सभा सम्पन्न भयो ।

क्याम्पस स्थापनाको सुरुका दिनहरुमा जसरि भए पनि क्याम्पस लाई सफल पार्नुृ पर्दछ भन्ने सोच सवै मा थियो । अन्चलाधीश को अगुवाईमा भएको क्याम्पस स्थापनाको कार्यमा सवैको सहयोग रहेको थियो । उध्योगपति तोलाराम दुग्गड क्याम्पसको पहिलो कोषाध्यक्ष थिए । डा. शिव दत्त जोशी सह कोषध्यक्ष थिए । पंन्चायत समर्थक र पंचायत विरोधि दुवै पक्ष क्याम्पस वनाउनु पर्दछ भन्ने कुरामा एकमत थिए । २०३७ सालमा गठन भएको पहिलो संचालक समितिमा सवै पक्षलाई समेटने आसयले त्यसवेलाको प्रतिवन्धित नेपालि कांग्रेस समर्थक स्व.टेक वहादुर चोखाल लाई पनि सदस्य वनाईएको थियो जवकि त्यसवेला पंचायत विरोधि लाई अंचलाधीशको अध्यक्षतामा गठन भएको समितिमा राख्नु भनेको अपवाद नै मान्नु पर्दछ । पंचायत व्यवस्था विरोधि प्रतिवन्धित पार्टिका र्मानिसहरु पनि अन्चलाधीशको अध्यक्षतामा भएको कुनैपनि समितिमा वस्दैनथै । तर कैलालि क्याम्पस यसको अपवाद को रुपमा रहेकोछ यस सम्वन्धमा एक पटक सचालक समितिको वैठकमा अन्चलाधीश रत्न वहादुर गुरुङ ले भनेको कुरा स्मरण हुन्छ गुरुडले भनेका थिए चोखाल जि म पंचायत व्ववस्था को अन्चलाधीश हुँ तपाईहरु भनेको पंचायत विरोधि हो र तपाईको पार्टि नेपालमा प्रतिवन्धित छ तर क्याम्पस वनाउने कार्यमा तपाई हामि सवै एक जुट हुनु पर्दछ । यस कार्यमा हामिले राजनीतिक मतभेद विर्सनु पर्दछ । पंचायत कालको सर्वाधिकार सम्पन्न अन्चलाधीश ले पंचायत व्यवस्था विरोधिलाई यस्तो कुरा भन्नु र सहकार्य गर्नुृ सामान्य कुरा थिएन । क्याम्पस स्थापनाको वेला सेति अन्चलाधीश संचालक समितिको अध्यक्ष र कैलाली का प्रमुख जिल्ला अधिकारी नन्द कुमार कार्कि सदस्य सचिव थिए । त्यसवेलाको राष्ट्रीय पंचायत सदश्य मा.मोहन राज मल्ल पनि संचालक समितिको सदश्य हुनुहुन्थो । पछि संचालक समितिमा पुर्व एम.पि लोकेन्द्र वहादुर शाह र ललित जंग स्वार , पनि सदश्य हुनु भयो ।

(पन्त कैलाली क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् । यसमा क्याम्पस स्थापनाको पहिलो दुई वर्ष २०३९ साल सम्मको संस्मरण समावेस गरिएको छ । )