डडेल्धुराका संक्रमित पुरुष डिस्चार्ज, १० दिनमै कोरोना जितेर घर फर्किए
2020/06/01, 1:24
 
korona

सुदूरपश्चिमका सातौं व्यक्तीले कोरोना भाईरसलाई जितेका छन । डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवकले १० दिनमै कोरोनालाई जितेर घर फर्किएका हुन । 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको दुई पटक रिर्पोट नेगिटिभ आएपछि डिस्चार्ज गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिश विष्टले बताए । 

सरकारी र्मचारी समेत रहेका ती युवकमा गत जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै सुदूरपश्चिमका कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ७ पुगेको छ । 
धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष सोही ठाउँकी ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्कीकी ६१ बर्षीय महिला यसअघि नै कोरोनालाई जितेर घर फर्किसकेका छन ।

यस्तै अछामका ३२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएकोमा उनी १६ दिनमा कोरोनालाई जितेर घर फर्किसकेका छन । उनको भने प्रदेश बाहिरको बलम्बु अस्पतालमा उपचार भईरहेको थियो ।