सुदूरपश्चिम प्रदेशमा आठ हजार दुई सयभन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । अभियानको छैठौं दिनसम्म आठ हजार दुई सय ५ जनाले कोरोना विरुद्धको खोप स्वास्थ्यकर्मीलाई लगाईएको हो ।
सोमबार प्रदेशका १० वटा खोप केन्द्र मार्फत १ हजार ६७ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए । यसअघि पाँच दिनसम्म सात हजार एक सय ३८ जना रहेको थियो ।
कार्कीका अनुसार सोमबार सेती प्रादेशिक अस्पताल खोप केन्द्र मार्फत २ सय १० र टीकापुर अस्पतालबाट ६० जनाले खोप लगाएका छन् ।
यस्तै, बैतडीमा ८०, बझाङमा १ सय ४०, बाजुरामा ६७, डडेल्धुरामा १ सय १०, दार्चुलामा ६० जना, डोटीमा १ सय ३९ जना अछाममा १५, र कञ्चनपुरका १ सय ४० जना स्वास्थ्यकर्मीलाई खोप लगाएको कार्कीले बताए ।
यो सँगै सुदूरपश्चिममा कोरोना भाइरस विरुद्ध पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या ८ हजार दुई सय ०५ पुगेको छ ।