
सुदूरपश्चिम प्रदेशमा पनि सुरक्षाकर्मीलाई समेत कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

संघीय सरकारको निर्देशन बमोजिम जोखिमयुक्त क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई खोप लगाउन थालिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
उनका अनुसार सीमा क्षेत्रमा खटिने भन्सारका कर्मचारी तथा अन्य विषयगत कार्यालयका कर्मचारीलाई पनि खोप लगाउन सुरु गरिएको हो ।

सरकारको निर्देशनअनुसार नै कैदीबन्दीलाई पनि खोप लगाउने थालिएको कार्की बताए । संघीय सरकारले १६ हजार २ सय ९३ जनालाई लगाउन मिल्ने गरि भारतले अनुदानमा दिएको कोरोना विरुद्धको खोप सुदूरपश्चिमका लागि पठाएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04