नेकपा प्रचण्ड–माधव समूहले भोलि आम हड्तालको घोषणा गरेको छ । सुदूरपश्चिममा पनि आम हड्ताल अन्तरगत बजार, शैक्षिक सस्था, यातायात, उद्योग, कलकारखाना, कार्यालय सबै बन्द रहने सो समूहले जनाएको छ ।
नेकपा कैलालीका अध्यक्ष तथा प्रदेशसभा सदस्य दीर्घ सोडारीले भोलिको आमहड्ताल देशव्यापी भएको बताउँदै सुदूरपश्चिममा पनि सबै बन्द रहने बताए ।
संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै बिहिबारका लागि आम हड्ताल गर्ने निर्णय गरेको हो ।
यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको छ । ओली नेतृत्वको नेकपाले शुक्रबार बृहत जनसभा गर्ने अघिल्लो दिन प्रचण्ड–नेपाल समूहले आम हड्तालको घोषणा गरेको हो ।
2025/01/27, 5:40
2025/01/27, 5:39
2025/01/27, 5:37
2025/01/27, 5:36
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/22, 10:10
2021/02/03, 2:29
2021/07/15, 4:54
2022/03/29, 2:38
2023/04/25, 10:25