
देश व्यापी आम हड्ताल घोषणा गरेको नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीका विभिन्न स्थानहरुमा प्रदर्शन गरेको छ । धनगढीका विभिन्न ठाउँहरुमा कार्यकर्ताहरुले टायर बालेर प्रर्दशन समेत गरेका हुन् ।

रोडमा निस्किएका नेता कार्यकर्ताले छिटफुट रुपमा खुलेका पसल समेत बन्द गराईरहेका छन् भने ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

उनीहरु कुनै पनि सवारी साधन नचलाउन आग्रह गरेको भएप्नि मोटरसाईकल र अटोरिक्साहरु धनगढीमा चलेका छन् । लामो तथा छोटो दुरीका सार्वजनिक सवारीका साधनहरु भने ठप्प रहेका छन् ।
आम हड्तालका कारण धनगढी तथा सुदूरपश्चिम प्रदेशका मुख्य बजार क्षेत्रहरुमा व्यवसाय, शैक्षिक संस्था, सार्वजनिक यातायता सेवा लगायतका सेवा प्रभावित भएका छन ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04