
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट बन्द गराउदै काठमाण्डौंको सडकमा उत्रिएका छन् ।

नेकपा माधव–प्रचण्ड समूहद्धारा देशव्यापी रुपमा घोषणा गरिएको आम हडतालको समर्थनमा काठमाण्डौंको सडकमा निस्किएका मुख्यमन्त्री भट्ट बन्दकर्ताहरुसंगै बन्द गराउदै हिडेका छन् ।
काठमाण्डौ सातदोवाटोमा बिरोध प्रदर्शनमा मुख्यमन्त्री भट्टसंगै उनका स्वकीय सचिव शिवसिंह ओली समेत सहभागी छन् ।

मुख्यमन्त्रीसँगै नेकपा (दाहाल–नेपाल पक्ष)का स्थायी कमिटी सदस्य देव गुरुङपनि तस्बिरमा देखिएका छन् ।
मुख्यमन्त्रीको प्रमुख स्वकीय सचिव शीव ओलीले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट्याएको तस्बिरमा नेकपाका शीर्ष नेताहरु सडकमा देखिएका छन् ।
आज दाहाल–नेपाल पक्षले आमहड्तालको घोषणा गरेको थियो ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04