कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहका नेताद्धारा पत्रकारमाथि कुटपिट, पत्रकार महासंघ सुदूरपश्चिमको आपत्ति
2021/02/04, 4:49
 
press

कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहको आम हड्तालको रिर्पोटिङका क्रममा पत्रकारमाथि कुटपिट भएको छ।

जिल्ला सदरमुकाम महेन्द्रनगर बसपार्क स्थित चम्मन चौकमा रिर्पोटिङका क्रममा पूर्व मन्त्री समेत रहेका नेकपाका नेता उर्वादत्त पन्त, भीमदत्त नगरपालिकाका पूर्व मेयर ईश्वरीप्रसाद खरेल लगायतका नेताले पत्रकार मदन गिरी माथि दुर्व्यवहार गर्दै लात्ता प्रहार गरि कुटपिट गरेका हुन्।

गिरीले हड्तालका कारण अलपत्र गरेका यात्रुहरुसँग कुराकानी गरिरहेका बेला पूर्व मेयर खरेलले को हो ? तिमी भन्दै दुर्व्यवहार गरेको र पूर्वमन्त्री पन्तले लात्ताले प्रहार गरेको बताए ।

उनी हड्तालले बसपार्कमा अलपत्र परेका यात्रुसँग कुरा गर्न खोजिरहेकै बेला दुर्व्यवहार र कुटपिटमा परेका हुन् ।  रिर्पोटिङका क्रममा पत्रकारमाथि कुटपिट गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आपत्ति जनाएको छ।

3

महासंघले विज्ञप्ति निकाल्दै भनेको छ, ‘आमहड्तालका कारण दुःख पाएको भन्दै गुनासो गरिरहेका पैदलयात्रीसँग कुराकानी गरिरहेका बेला आन्दोलनमा संलग्न जिम्मेवार व्यक्तिबाटै पत्रकारमाथि भएको गालीगलौच र हातपातको घटना निन्दनीय छ।’

पत्रकार महासंघ प्रदेश समितिका महासचिव योगेश रावलद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत दोषीलाई कानुनी कारवाहीको माग गरिएको छ।