धनगढी उप–महानगरपालिकालाई लैङ्गिकमैत्री बनाउनका लागि बिहीबार जनप्रतिनिधी, महाशाखा शाखाका प्रमुख लगायत सरोकारवालाहरुलाई अभिमूखीकरण गरिएको छ । समाजमा अझै पनि हरेक क्षेत्रमा बिभेद कायमै रहेका बेला धनगढी धनगढी उप–महानगरले बिभेद न्यूनिकरणका लागि अभिमूखीकरण गरेको हो ।
अहिले पनि हरेका क्षेत्रमा घर देखी कार्यस्थलमा समेत लैङ्गिक रुपमा बिभेकायमै रहेको नागरिकले बताएका छन् । उनीहरुले लैङ्गिकमैत्री समाजका लागि सबैले आ—आफ्नो तर्फबाट सबै लाग्न जरुरी रहेको बताएका थिए ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले लिङ्गकै आधारमा घर र समाजमा मात्रै नभएर कार्यक्षेत्रमा पनि बिभेद हुने भएकाले अभिमूखीकरण आवश्यक भएको बताईन । निकै राम्रो छलफल भयो उप–प्रमुख भट्टले भनिन्, ‘लैङ्गिक बिभेदको मुद्धाले सबैलाई गम्भीर बनायो ।’ धनगढी उप–महानगरपालिकाले महिला सेवाग्राहीका लागि स्तनपान कक्ष तयार गरेको जानकारी दिईन । यो एउटा प्रयास थियो उप–प्रमुख भट्टले भनिन्, ‘ धेरै महिला कर्मचारीहरु भएकाले शिशु स्याहार कक्ष पनि कार्यालय भित्रै बनाउनुपर्छ भन्नेमा म लागेकी छु ।’ धनगढी उप–महानगरपालिकामा अपाङ्ग सेवा कक्ष पनि निर्माण गरिएको उप–प्रमुख भट्टले बताईन ।
कार्यक्रमको सहजीकरण त्रिभूवन विश्व विद्यालय जेन्डर स्टडिजका प्रोफेसर मिरा मिश्रले गरेकी थिईन । उनले समाजमा रहेका ब्यक्तिहरु बिभिन्न किसिमको विबिधता रहेको बताईन । उनले भनिन्, ‘ बिविधता राम्रो हो तर त्यसकै आधारमा बिभेद हुनुहुदैन ।’
कार्यक्रम धनगढी उप–महानगरपालिकाका र एकाउन्टबिलिटी ल्यावले आयोजना गरेको थियो ।