
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न स्थानमा झण्डै २ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ६ बाट बेवारिसे अवस्थामा १४ हजार मूल्य बराबरको ४ कट्टा चिनी, बेलौरी नगरपालिका वडा नम्बर ७ टेडियाबाट १२ हजार ५ सय मूल्य बराबरको १० कट्टा केराऊ र ५० हजार मूल्य बराबरको फ्रिज बरामद गरेको हो ।

यस्तै कृष्णपुर नगरपालिका वडा नम्बर २ मछलीपुलमा लालझाडी गाउँपालिका वडा नम्बर ४ जाईका ३५ वर्षीय मानसिंह राना र सोही स्थान बस्ने रामदाश रानालाई अवैध सामान सहित पक्राउ गरेको छ । उनीहरूको साथबाट १४ हजार ३ सय मूल्य बराबरको ६५ किलो माछा बरामद गरि नष्ट गरिएको छ ।
प्रहरीले विभिन्न स्थानबाट अवैध रूपमा ल्याउँदै गरेको ९० हजार ८ सय मूल्य बराबरको समान पनि बरामद गरेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04