
बैतडीको झुलाघाट नाका खोल्न भारत पनि सहमत भएको छ।

जिल्ला प्रसासन कार्यालय बैतडीले शुक्रबार सूचना जारी गर्दै बन्द अवस्थामा रहेको नाका खोल्न भारत सहमत भएको जनाएको छ।
सहमतीअनुसार अब कोरोना भाइरसको संक्रमण फैलिएपछि बन्द रहेको झुलाघाट नाकामा शनिबारदेखि नै आवतजावत गर्न सकिनेछ।

बिहान सवा ९ बजेदेखि साँझ सवा ५ बजेसम्म झुलाघाट नाका भएर आवतजावत गर्न सकिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।
नाकाबाट आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य प्रयोग गर्नुपर्नेछ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 10:14
2021/02/12, 8:26
2021/09/14, 1:56
2022/07/28, 5:48