
कैलालीका एक महिलासहित २ जना पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडका २२ वर्षिय गोरखबहादुर बोगटी र बर्दागोरीया गाउँपालिका वडा नम्बर ३ बौनियाकी २३ वर्षीया शारदा विकलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरी कञ्चनपुरले पक्राउ गरेको हो।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वनकुरुवा क्षेत्रबाट सीमा गस्ती टोलीले उनीहरुको साथबाट १७ ग्राम ब्राउन सुगर, ४ हजार नगद, बैँकका चेक, ३ थान मोवाइल, मोटरसाइकल, झोला र भारतीय सिम कार्ड समेत बरामद गरेको हो।
सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरका अनुसार बा ६८ प ३१६९ नम्बरको मोटरसाइकल सहित उनीहरुलाइ पक्राउ गरिएको हो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04