कैलालीमा युवती हत्याको आशंकामा कार्यवाहक वडाध्यक्ष पक्राउ परेका छन् । उनले कोठामा आइतबार बिहान २२ बर्षिया अञ्जिता चौधरी मृत फेला परेकी थिइन् ।
अञ्जिताको मृत्युपछी सम्पर्क बिहीन भएका कार्यवाहक वडाध्यक्ष विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीमाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
उनका अनुसार युवती अञ्जिता उनकै घरमा आइतबार विहान झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।वडा अध्यक्ष चौधरीलाई हत्यामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले आइतबार नै नियन्त्रणमा लिएको बताएको छ ।
अञ्जिता केही बर्षदेखी कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी मृतकका आफन्तको भनाइ छ ।
वडाध्यक्ष नरेन्द्र शाहको केही महिनाअघि कोरोना भाइरसका कारण मृत्यु भएको थियो । त्यसपछि वडा सदस्य चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मा दिइएको थियो ।