
कञ्चनपुर जिल्लामा मोटरसाइकलले ठक्कर दिदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । पुनरवास नगरपालिका– २ अरनिको वस्तीस्थित कच्ची सडक खण्डमा सोही स्थानका २० वर्षीय सन्जे सुनारले चलाएको से ४ प ५५४६ नम्बरको मोटरसाइकले ठक्कर दिदा पैदल यात्रीको मत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले मोटरसाईकलको ठक्करबाट ५२ वर्षीया पोदे जोङ तामाङको मृत्यु भएको बताए । दुर्घटनामा घाईते भएका उनको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04