बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न व्यक्ति चाडै कानुनी दायरामा आउने प्रहरीले जनाएको छ ।
प्रहरीले भट्टको बलात्कार तथा हत्याको अनुसन्धानको दायरा साघुरो हुदै गएको र चाडै हत्यामा संलग्न व्यक्तिहरु पक्राउ पर्ने जनाएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) उत्तम सुवेदीले अनुसन्धानको दायरा साघुरो बनाउदै लगेको र अपराधमा संलग्न व्यक्तिहरु चाडै नियन्त्रणमा आउने बताए ।
डिआईजी सुवेदी तीन दिनदेखि घट्नास्थल नजिकैको ईलाका प्रहरी कार्यालयमा बैतडीको खोचलेकमै बसेर घट्नाको अनुसन्धानमा संलग्न प्रहरी टोलीलाई निर्देशन तथा प्रोत्साहन गरिरहेका छन् ।
सनातन माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बुधवार बलात्कारपछि हत्या भएको थियो ।
उनको शव एकदिनपछि विद्यालय र घरको मध्यभागको जंगलमा फेला परेको थियो ।