भ्यालेन्टाईन डे को अवसरमा धनगढीमा मेरो भ्यालेन्टाईन कार्यक्रम आयोजना हुने भएको छ । रकस्टार मिडियाको आयोजनामा १४ फ्रेबरीका दिन धनगढीमा मेरो भ्यालेन्टाईन सिजन २ आयोजना हुन लागेको पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिईएको छ ।
पारिवारिक तथा जोडीहरुलाई भ्यालेन्टाईन डे को साँझ सांस्कृतिक कार्यक्रम सहितको मेरो भ्यालेन्टाईन सिजन २ गर्न लागेको रकस्टार मिडियाका रोशन महतोले बताए । उनका अनुसार प्रति जोडीलाई दुई हजार पाँच सय टिकट राखिएको छ भने छोराछोरी सहित तीन हजार पाँच सय रकम तोकिएको छ ।
त्यसमा आवश्यकता अनुसार खाना तथा अन्य परिकारहरु जति पनि खान सकिनेछ । फोटो खिच्न र टिकटक बनाउनका लागि विशेष व्यवस्था सो कार्यक्रममा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
प्रेम दिवस अर्थात (भ्यालेण्टाइन डे) का अवसरमा अविवाहित तथा विवाहित प्रेम जोडी लाई एक ठाउँमा ल्याउने र माया प्रेम साटासाट गराउँदै रमाइलो गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको रकस्टार मिडियाका सञ्चालक जितेन्द्र रावलले बताए ।
कार्यक्रममा टिकट काटेर गएकाहरुमध्ये एक जनालाई गोलाप्रथाका आधारमा २५ हजार बढी मुल्य पर्ने जिवनी मोबाईल पुरस्कार समेत प्रदान गरिनेछ । धनगढीको आफ्नो घर टेम्पल रिर्पोटमा हुने कार्यक्रमको मुख्य प्रायोजककमा जगदम्बा अल्को वेभरेजको उत्पादन ब्यारोन रहेको छ भने सह प्रायोजकमा यामाहा रहेको छ ।
ब्यारोनको आधिकारीक डिलर जिएआर.एस टे«डिङ कन्सर्न प्राली धनगढीले प्रायोजन तथा स्वयता टे«डिङ प्रालिले सह प्रयोजन गर्ने छ । जिएआरएस टे«डिङ कन्सर्न प्रालिका प्रबन्धक अशोक पाण्डेले प्रेम दिवसमा परिवारलाई एक आपसमा बसेर मायाप्रेम साटासाट गर्ने अवसर मिल्ने बताए । ‘जिएआरएस टे«डिङ कन्सर्नले यस्ता स–साना तर सामाजिक रुपमा विशेष महत्व दिने कार्यक्रममा विगत देखि नै सहयोग गर्दै आएको छ’ उनले पाण्डेले भने–‘मेरो भ्यालेन्टाइन कार्यक्रम पनि देख्दा सानो छ, तर यसले समाजमा राम्रो सन्देश दिने हुँदा हामीले सहयोग गरेका हौं ।’
स्वयता टे«डिङ प्रालिका अध्यक्ष राजेश भण्डारीले पनि प्रेम दिवसलाई अझ भव्य र रमाइलो बनाउन कार्यक्रमको आयोजना गरिएका कारण सहयोग गरिएको बताए । धनगढी स्थित टेम्पल रिसोर्टमा सञ्चालन हुने कार्यक्रममा प्रम जोडी तथा परिवार सहित उपस्थित भई रमाइलो गर्ने व्यवस्था गरिने रकस्टार मिडियाका सञ्चालक जितेन्द्र रावलले बताए । वेलुका ६ बजे देखी राती १० बजे सम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय कलाकारले सांगितिक कार्यक्रम गर्ने छन् ।