
कैलालीमा ट्रक र ट्रयाक्टर ठोक्किएर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गस्थित गौरीगंगा नगरपालिकामा पश्चिमदेखि पुर्व जादै गरेको से २ प ३४१९ को ट्रयाक्टर र विरीत दिशाबाट आइरहेको से १ ख २०३५ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परी ट्रयाक्टर चालक गौरीगंगा नगरपालिका– १ बस्ने ३० वर्षीय कृष्ण चौधरी घाइते भएका छन्।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। धनगढी उपमहानगरपालिका–१३ बस्ने २६ वर्षीय ट्रक चालक कालुराम रानालाई चौमाला प्रहरीले नियन्त्रणमा लिएको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04