भागरथी भट्ट हत्या घटनाका दोषीलाई चाँडै पक्राउ गरेर कानूनी कारबाहीको माग गर्दै विद्यार्थीले धनगढीमा प्रदर्शन गरेका छन् । बिहीबार विहान एश्वर्या विद्या निकेतनका बिधार्थीले प्रर्दशन गरेका छन् । आँखामा कालो पट्टी बाधेर उनीहरु प्रर्दशनमा उत्रिएका हुन् ।
‘भागरथीलाई न्याय दे,महिलामाथीको हिंसा बन्द गर, ढिलो नहोस, चाँडै न्याय पाइयोस । स्टप रेप, प्रशासन स्वच्छ र निष्पक्ष रहोस’, नारा लेखिएको ब्यानर सहित विद्यालयबाट सुरु भएको विद्यार्थीको ¥याली मुख्यमन्त्री कार्यलय अगाडी पुगेको छ।
मुख्यमन्त्री कार्यलयको मूल गेटमा विद्यार्थीले भागरथीलाई न्यायको माग गर्दै नाराबाजी सहित प्रदर्शन गरेका थिए । धनगढी बिधार्थीहरुले भागरथीको न्यायका लागि प्रदर्शन गरिरहेका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको स्थानीय लवलेक सामुदायिक वनमा अवस्थामा शव फेला परेको थियो । भागरथीको बलात्कारपछि हत्या भएको सोमबार पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ ।
घटना भएको आठ दिनपुगे पनि दोषीलाई पक्राउ गर्न सकिएको छैन । तर, हालसम्म सफलता प्राप्त गर्न सकेको छैन । घटनाका दोषी पक्राउ नपर्दासम्म मृतकका परिवारले शव नबुझने अडान लिएका छन् । प्रहरी टोली घटनाबारे गम्भीर ढङ्गले अनुसन्धान गरिरहेको भएपनि अपराधी पक्राउ पर्न सकेको छैन् ।