लकडाउन उल्लंघन गरेको भन्दै व्यापारीहरु पक्राउ, जिल्ला प्रहरी कार्यालय अगाडी व्यापारीहरुको प्रदर्शन (भिडियो सहित)
2020/06/02, 9:25
 
business

लकडाउन उल्लंघन गरेको भन्दै ५ जना व्यापारी पक्राउ परेका छन् । अति आवश्यक वाहेकका पसलहरु खोलेर पनि लकडाउन उल्लंघन गरेपछि व्यापारीहरुलाई समातिएको हो । उनीहरुमध्ये केही व्यापारीहरुलाई सम्झाई बुझाई पठाएको र ५ जना जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेका छन । 

2

यता जिल्ला प्रहरी कार्यालय अगाडी व्यापारीहरुले प्रदर्शन गरेका छन । उनीहरुले व्यापारीहरुलाई विभेद गरेको भन्दै प्रदर्शन गरेका हुन् । कसैलाई पुरै खोल्न दिने तर कसैले खोलेको भन्दै लैजानु गलत भएको भन्दै सवै व्यापारीहरुलाई समान व्यवहार गर्न व्यापारीहरुले माग गरेका छन् ।

k

डिपार्टमेन्ट स्टोर दिनभरी खोल्न दिने तर अन्य पसलहरु विहान ९ बजेसम्म मात्रै खोल्ने नियम बनाएर आफुहरुमा विभेद गरेको व्यापारी सुरेन्द्र गुप्ताले आरोप लगाए । कैलाली उद्योग वाणिज्य संघका महासभिव ओम विष्ट व्यापारीलाई छुटाउन पुगेका छन् ।  

पक्राउ गरेर ५ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याईएकोमा उनीहरुलाई अहिले सम्झाई बुझाई छोडिएको जिल्ला प्रहरी कार्यालयकैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले बताए।  

अहिले व्यापारीहरुको उद्योग वाणिज्य संघमा छलफल भईरहेको छ।