सुदूरपश्चिममै पहिलो पटक कैलाली अस्पतालमा शुरु भयो मुटुरोग सम्बन्धी उपचार सेवा
2021/02/13, 7:19
 
dr

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सञ्चालित कैलाली अस्पताल प्रा.लि.ले प्रदेशमै पहिलो पटक मुटु रोग सम्बन्धी उपचार सेवा सुरुवात गरेको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालका अध्यक्ष जनकराज जोशीले प्रदशमै पहिलो पटक मुटुरोग सम्बन्धी उपचार सेवा सुरुवात गरिएको जानकारी दिए ।

1

उनले अब प्रदेशका मुटु रोग सम्बन्धी विरामीहरुले अन्य ठाउँमा जानु पर्ने बाध्यताको अन्त्य भएको बताए । मुटुरोगका विरामीलाई सस्तो र शुलभ उपचार सेवा अबदेखि कैलाली अस्पतालले प्रदान गर्ने अध्यक्ष जोशीले दावी गरे । यस्तै मुटुरोग विषेशज्ञ डाक्टर राजेश कुमार पञ्जियारले सुदूरपश्चिम प्रदेशका जनताले अब प्रदेशमै सुवा पाउने बताए ।

3

उनले मुटु रोग सम्बन्धी सम्पुर्ण सेवाहरु कैलाली अस्पतालबाटै उपलब्ध गराईने जानकारी दिए । प्रदेशमा मुटु रोग सम्बन्धी डाक्टर नभएका बेला आफु आएर सेवा दिन पाउँदा खुशी लागेको बताए । आउदो दिनहरुमा अझै गुणस्तरिय सेवा दिने प्रयास गर्ने डाक्टर पञ्जियारले प्रतिबद्धता व्यक्त गरे ।