
कैलालीको राजमार्ग क्षेत्रमा पाटे बाघ देखिन थालेको छ । जिल्लाको गौरीगंगा नगरपालिकाको राजीपुर र बडैपुरको बीचमा पर्ने पूर्वपश्चिम रामार्गको वन क्षेत्रमा बाघ देखिएको हो । गौरीगंगा नगरपालिका वडा नम्वर ८ कि वडासदस्य विनिता महरले वन क्षेत्रमा बाघ देखिन थालेको जानकारी दिईन् । बाघ घाँस काट्न गएका स्थानीयको पछि लागेको थियो भने जिल्लाकै उदासिपुरमा गाईमाथि समेत आक्रमण गरेको छ ।

यसअघि जिल्लाको कैलारी गाउँपालिका ८ दुधियाका करिब २७ वर्षीय दुर्गा चौधरीलाई शुक्रबार विहान बाघले आक्रमण गरि घाइते बनाएको थियो । सामुदायिक वनमा विवाहको लागि पात टिप्न गएका चौधरीलाई बाघले आक्रमण गरेको थियो । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट बाघ कैलाली भित्रिएको वनकर्मीले बताएका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2022/01/26, 4:01
2023/02/11, 12:11