अछाममा थपिए ९ जना कोरोना संक्रमित
2020/06/02, 11:32
 
korona

अछाममा थप नौ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै अछाममा कोरोना पुष्टि हुने हुनेको सख्या ११ पुगेको छ । थप दुई जनाको धनगढीमा उपचार भईरहेको छ । आज मेल्लेख गाउँपालिका वडा नम्वर ४ कुष्कोटका दुई वटा क्वारेन्टाईमा रहेका ८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।

वडा नम्वर ४ कुष्कोटका २७ वर्षीया एक जना महिलामा कोरोना पुष्टि भएको हो । यस्तै कोरोना पुष्टि हुनेमा अन्य ७ जना पुरुष रहेका छन । २४, २७, ३५, ४०, २९, २२ र ३० वर्षका पुरुष रहेका छन । उनीहरु सवै भारतबाट ९ गते कुष्कोट पुगेका थिए । 

यस्तै मंगलसैन नगरपालिकाका २३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनीहरु सवैको सुर्खेत प्रयोगशालामा स्वाव परिक्षणका क्रममा कोरोना पुष्टि भएको हो । हिजो मात्रै चौरपाटी गाउँपालिका वडा नम्वर २ सोकटमा दुई जनामा कोरोना पुष्टि भएको थियो । एक जनाको धनगढी प्रयोगशाला र एक जनाको सुर्खेत प्रयोगशाला परीक्षण गरिएको थियो ।