कैलालीमा १३ वर्षीया किशोरी हजुरबुवाबाट बलात्कृत, पेटमा ३ महिनाको बच्चा
2021/02/14, 3:47

कैलालीको गोदाबरी नगरपालिका ५ का १३ बर्षीया एक किशोरी मानसिकरुपले अलि सुस्त छिन् । महिनावारी हुन थालेको धेरै समयपनि भएको थिएन् । उमेरले उनी १३ वर्षको मात्रै भएपनि ज्यान ठूलो देखियो । छोरीको महिनावारी रोकिएपछि आमाले चेकजाँचको नजिकैको स्वास्थ्य चौकी देखाउँदा पेटमा तीन महिनाको बच्चा देखियो ।

पेटमा तीन महिनाको बच्चा रहेको थाहा भएपछि उनीमाथि बलात्कार भएको खुलेको छ । उनको मामा घरतिरका हजुरबुवाले आफ्नो घर बोलाएर अश्लिल भिडियो देखाउदै बलात्कार गरेको आरोप लागेको छ । ५० वर्षका विशराम भनिने कालुराम चौधरी बलात्कार गरेको आरोप लागेको हो । बालिका करणी गरेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली पीडित परिवारको उजुरी पश्चात माघ ९ गते पक्राउ गरिसकेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2022/01/26, 4:01
2023/02/11, 12:11