
कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ स्थित अन्डैयामा पाटे बाघले आक्रमणमा गर्दा २५ वर्षीया कला धामीको मृत्यु भएको हो ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले उनको मृत्यु भएको पुष्टि गरे । पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकि धामीलाई बाघले आक्रमण गरेको हो ।
हिजो मात्रै पाटे बाघ राजमार्ग क्षेत्रमा देखिएको थियो । वनकर्मीका अनुसार भारतको दुधुवा नेशनल पार्कबाट बाघ कैलाली भित्रिएको हो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/25, 12:34
2021/02/07, 5:04
2021/09/06, 10:57
2023/03/25, 12:28
2020/08/25, 7:31