कञ्चनपुरको पश्चिमी सिमानामा रहेको गड्डाचौकी नाका खुलाउन प्रशासनलाई ज्ञापनपत्र बुझाइएको छ । उद्योग वाण्ज्यि संघ कञ्चनपुरले लामो समयदेखि कोरोना महामारीका कारण बन्द रहेको गड्डाचौकी नाका पहिले जस्तै निर्विवाध रुपमा सञ्चालनमा ल्याउनको लागि जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।
कोरोना महामारीका कारण विश्व अर्थ व्यवस्था नै असहज भएको अवस्था भएको भन्दै उद्योग वाण्ज्यि संघले नेपाल भित्रिने रेमिट्यान्स, होटेल, यातायात, पर्यटन, शिक्षा, क्षेत्र पूर्ण रुपमा धरासायी भएकाले गड्डाचौकी नाका सञ्चालन गनुपर्ने मागसहित सोमबार प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा उद्योग वाण्ज्यि संघका अध्यक्ष जंगबहादुर मल्लले कोरोना महामारी गर्दा सीमाक्षेत्रमा महामारीको प्रभाव कम नभएको भन्दै जतिसक्दो चाडो नाका खोल्न सहजिकरण गरि दिनुपर्ने बताए ।
यस्तै उनले नेपाल सरकारले भारतसँग जोडिएका सिमा नाकाहरु खोल्ने निर्णय गरेको भएतापनि गड्डाचौकी नाकाबाट भारत आवतजावत गर्न हालसम्म पनि सहज अवस्था नभएको बताए । सरकारको निर्णयपछि अन्य भारतसँग जोडिएका सीमा नाका खोलिए पनि गड्डाचौकी नखोलिएको भन्दै संघले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउनेमा उद्योग वाण्ज्यि संघ कञ्चनपुर, नेपाल यातायात व्यवसायी महासंघ, कञ्चनपुर होटेल व्यवसायी संघ, कञ्चनपुर मण्डी व्यवसायी संघ, नेपाल औषधि व्यवसायी संघ, पवनदुत सार्वजनिक यातायात प्रालि, नमस्ते शुक्लाफाँटा यातायात प्रालि, हार्डवेयर तथा निमार्ण व्यवसायी संघ रहेका छन् ।
यता ज्ञापनपत्र बुझ्दै जिल्ला प्रमुख अधिकारीले भने नाका खुलाउने बन्द गर्ने आफ्नो अधिकार क्षेत्र नभएको बताए । सीमा नाका नेपाल सरकारको निर्णय बमोजिम खुल्ने भएकोले पहिला जस्तो निर्वाध रुपमा नाका खुल्ला गर्ने निर्णय सरकारको नभएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।
नेपाल सरकारको निर्णय विपरित प्रशासन कार्यालयले स्वयंम सिमानाका बन्द गरेको अवस्था नरहेको र सिमानाका बन्द गर्ने प्रशासन कार्यालयको अधिकार क्षेत्रभित्रको कुरा पनि नभएको हुनाले कार्यालयमा बुझाएको ज्ञापनपत्र नेपाल सरकार समक्ष पुगाउने उनको भनाइ छ ।