दार्चुलामा बँदेलको आक्रमणबाट ३ जना घाइते
2021/02/15, 5:53
 
badel

दार्चुलामा बँदेलको आक्रमणबाट ३ जना घाइते भएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मल्बावमा जङ्गली बँदेलको आक्रमणमा परि  ३ जना घाइते भएका हुन।

गाउँ नजिकैको जङ्गलबाट बस्तीमा पसेको बँदेललाई धपाउने क्रममा आज बिहान  ७५ वर्षीया धौली धामी, उनका छोरा १६ वर्षीय गोविन्द , अन्दाजी २० वर्षीय अनिल धामीमाथि आक्रमण भएको स्थानीयले बताएका छन्।  

घाइते भएका धौली धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको  थप उपचारको लागी कैलाली रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

त्यस्तै गोविन्दको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने अनिलको शंकरपुर स्वास्थ्य चौकीमा सामान्य उपचारपछि जिल्ला अस्पताल दार्चुला पठाइएको प्रहरीले जनाएको छ।