अहिले बैतडीकी १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले एकजना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । अनुसन्धान प्रभावित हुने हुँदा उनको परिचय खुलाइएको छैन् । प्रहरी स्रोतका अनुसार उनी नै अभियुक्त हुन सक्छन् भन्ने केही तथ्यहरु प्राप्त भएका छन् । पक्राउ परेका व्यक्ति घटना भएको केही दिनपछि बैतडीबाट कञ्चनपुर गएको पाइएको र उनलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरी बैतडी प्रहरीलाई बुझाएको छ । प्रहरी स्रोतका अनुसार घटनाको समयमा उनी घटनास्थलमै भएको पाइएको छ । स्रोत भन्छ, ‘संदिग्धको घर नजिकै भागरथीको मोबाइलको ब्याट्री पनि फेला परेको छ ।’
उनी सार्वजनिक पदमा रहेका व्यक्ति हुन । प्रहरीले घटनामा उनको संलग्नता पुष्टि गर्न भेजाइनल स्वाब र घटनास्थलमा भेटिएको वीर्यको डिएनए टेष्ट गर्नुपर्ने बताएको छ । टेष्टपछि मात्रै उनको संलग्नता भए÷नभएको पुष्टि हुनेछ । उनको हत्या भएको दिन ती व्यक्ति घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइएको छ । भागरथी खोचलेक बजारबाट घरतर्फ लागेलगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको स्रोतको भनाई छ ।