
बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा आयोजित सभामा ओलीका कार्यकर्ताले ढुंगामुढा गरेका हुन ।

उक्त समूहले ढुंगामुढा गर्दा नेपाली कांग्रेसका नेता एनपी साउँदको पेटमा ढुंगा लागेको थियो । उक्त सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नेता नैनसिंंह महरलगायतको सहभागीता रहेको थियो ।
आक्रमणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहानमा परी ६ जना घाइते भएका प्रहरीले जनाएको छ । गाउपालिकाको केन्द्रको बिषयमा भएको विवादपछि आक्रमण भएको र थप बुझ्ने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/25, 12:34
2021/02/07, 5:04
2021/09/06, 10:57
2023/03/25, 12:28
2020/08/25, 7:31