धनगढीका व्यापारीले लकडाउनमा निर्वाध रुपमा बजार खोल्ने (विज्ञप्ती सहित) 
2020/06/02, 2:40
 
korona

धनगढीका व्यापारीले लकडाउनमा समेत बजार खोल्ने भएका छन । कैलाली उद्योग वाणिज्य संघमा आज बिहान बसेको व्यवसायीहरुको बैठकले लकडाउनको कुनै औचित्य नभएको निष्कर्ष निकाल्दै निर्वाध रुपमा व्यापार व्यवसाय सञ्चालन गर्ने समझदारी गरेका हुन ।

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले स्थानीय प्रशासनले जेठ २० गतेसम्म पर्खिन आग्रह गरेको बताउँदै अन्तिम पटक फेरी व्यवसाय सञ्चालनका लागि आग्रह गर्ने बताए । तर प्रशासनले लकडाउनको निर्णय देखाए पनि कुनै हालत स्वीकार नगरी व्यापार व्यवसाय सुचारु गरिने उनको भनाई छ । 

छलफलमा सहभागी उद्योग वाणिज्य संघका पूर्व केन्द्रिय सदस्य गोपाल हमालले कोरोनाको त्रासले गरिएको लकडाउनका कारण भोकमरीको अवस्था आएकाले लकडाउनको प्रारुप फेर्नुपर्ने बताए । भोकमरीका कारण मजदुरले आत्महत्या गर्ने अवस्था आएको उनले बताए ।

छलफलमा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले प्रहरीले व्यापारीलाई पक्राउ गरेको भन्दै विरोध जनाए । भारतबाट फर्किने मजदुरहरुको तथ्यांक संकलन गर्न नसकेको र परीक्षणमा पनि सुस्त रहेको भन्दै उनले सरकारको आलोचना गरे ।

b