कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
2021/02/19, 11:21

कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । बेलौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाइ बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार महाकाली माध्यमिक विद्यालयमै कक्षा ६ मा अध्ययनरत १४ वर्षीया बालिकामाथि ढुङ्गानाले विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोप आरोप लागेको जनाएको छ ।
पीडित बालिकाका परिवारले ढुङ्गाना विरुद्ध किटानी जाहेरी दिएपछि थप अनुसन्धान भईरहेको जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/25, 12:34
2021/02/07, 5:04
2021/09/06, 10:57
2023/03/25, 12:28
2020/08/25, 7:31