कञ्चनपुरमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–३ नौलाखेतमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लाग्दा ४५ वर्षीया मानती धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भान्छा कोठामा पानी तताउने क्रममा करेन्ट लागेर बेहोस भएकी धामीको उपचारका क्रममा मृत्यु भएको बताए।
धामीलाई बेहोस अवस्थामा अस्पताल पुगाइएको भएपनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
2024/11/27, 1:20
2024/11/27, 1:11
2024/11/27, 11:25
2024/11/27, 11:09
2024/11/27, 11:01
2024/11/27, 1:20
2024/11/27, 1:11
2024/11/27, 11:25
2024/11/27, 11:09
2024/11/27, 11:01
2020/06/24, 6:46
2021/07/08, 9:49
2022/03/14, 11:56
2023/05/11, 9:29