
साँफेबगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्षले संचालन गरेको निजी मेडिकल नियम विपरीत भन्दै प्रशासनले सिल गरेको छ ।

वडाध्यक्ष सागर सिंह बाब्लीले सञ्चालन गरेको मेडिकल १५ दिनका लागि प्रशासनले सिल गरेको जनाएको हो ।अनुगमनका क्रममा वडाध्यक्ष बाब्लीको मेडिकल नियम विपरीत सञ्चालन गरेको पाइएको थियो ।
मेडिकलबाट म्याद गुज्रेका औषधि र भेटेरीनरीका सामाग्री समेत विक्री गर्ने गरेको पाइएपछि कारवाही स्वरुप मेडिकल सिल गरिएको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए । बाब्ली नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/11, 7:28
2022/04/28, 12:17
2023/05/27, 12:54