निर्मलालाई न्याय माग्दा पक्राउ परेका अधिकारकर्मी छुटे
2021/02/22, 8:14
 
chute

कञ्चनपुर प्रहरीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका लागि न्याय माग्दै प्रदर्शनमा उत्रिएका छ जना अधिकारकर्मीलाई ६ घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वेदकोट नगरपालिकामा पर्ने दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न जाने क्रममा ‘निर्मला पन्तको बलात्कारी खै ? ’ लेखेको टि–शर्ट लगाएका ती अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा दिएको थियो । 

प्रदर्शनमा उत्रिएका अधिकारर्मीहरु शारदा चन्द, मीना भण्डारी, लक्ष्मी मल्ल, निर्मला जोशी, आनन्दी राना र खडक विष्टलाई इलाका प्रहरी कार्यालय झलारीले मध्यान्ह १२ बजे पक्राउ गरेको थियो । उनीहरुले बेलुकी ६ बजेपछि रिहा गरिएको छ ।    प्रधानमन्त्री ओली औद्योगिक क्षेत्रको शिलान्यास गर्न आउने थाहा पाएपछि दैजी बजारमा ‘निर्मला पन्तको बलात्कारी खै ? ’ लेखेको टि–शर्ट लगाएर उभिएका बेला प्रहरीले उनीहरुमाथि धरपकड गरेको थियो । 

निर्मला पन्तलाई बलत्कार गरेर हत्या गरेको तीन बर्ष पुग्दासमेत हत्यारा पत्ता नलगाएको अवस्थामा न्यायका लागि टि–शर्ट लगाएर आफूहरुले कुनै पनि गलत क्रियाकलाप नगरेको अधिकारकर्मीहरुको भनाइ छ ।