अछाममा हराएका बालक मृत अवस्थामा फेला
2021/02/23, 3:23
 

अछाममा एक बालक मृत अवस्थामा फेला परेका छन्।  जिल्लाको साँफे नगरपालिका–१० भाटबाडा बस्ने मीनबहादुर भाटका ४ वर्षीय छोरा विवेक भाट घरदेखि ३०० मिटर टाढा भिरालो जमिनमा मृत अवस्थामा फेला परेका हुन।  

आइतबार साँझदेखि आफ्नै घरबाट हराएका उनको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ। शवको पोष्टमार्टमपछि घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ।