भारगथीको परिवारलाई दोगडाकेदार गाउँपालिकाले पाँच लाख राहत दिने
2021/02/23, 3:24
 
dogada

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानिकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई दोगडाकेदार गाउँपालिकाले पाँच लाख राहत प्रदान गर्ने भएको छ ।

बलात्कारपछि हत्या गरिएकी भट्टको परिवारलाई पाँच लाख राहत प्रदान गर्ने दोगडाकेदार गाउँपालिका गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको हो ।

गाउँकार्यपालिका बैठकले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषि पत्ता लगाउन महत्तपुर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, नेपाल प्रहरी, सञ्चारकर्मी र आम जनसमुदायप्रति धन्यबाद व्यक्त गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र बहादुर धामीले जानकारी दिए ।  

घटनामा संलग्न दोषिलाई हदैसम्मको कारवाहीको माग समेत गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत धामीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।यसअघि सुदूरपश्चिम प्रदेश सरकारले समेत भागरथीको परिवारलाई पाँच लाख राहात प्रदान गर्ने निर्णय गरेको छ ।

No description available.