
कञ्चनपुरमा लागु औषध सहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलडाँडी गाँउपालिका वडा नम्बर १ का प्रकाशबहादुर देउवा १ सय ३० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागु औषध सहित बुधबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रदेश २ ०३००८ प ९४३८ नम्बरको मोटरसाइकलमा चौवन्नी बजारबाट दैजीतर्फ जाँदै गरेका उनलाई बेलडाँडी गाँउपालिका २ क्याम्पमा जाँच गर्ने क्रममा लागुऔषध सहित नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।
उनीविरूद्ध थप अनुसन्धान भएरहेको प्रहरीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/11, 7:28
2022/04/28, 12:17
2023/05/27, 12:54