
आज विहान मृत फेला परेका कैलालीको गोदावरी नगरपालिका–५ का शिवचरण रानाको हत्या भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले घटनाको अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुसंग सोधपुछ भईरहेको विष्टले बताए । मृत भेटिएका रानामाथि धारिलो हतियार प्रहार भएको पाइएपछि हत्या आशंकामा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका राना शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै मृत फेला परेका थिए । प्रहरीले राना मृत फेला परेको घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको जनाएको छ ।

मृतक रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 11:29
2021/01/01, 8:05
2021/08/05, 3:48
2022/05/09, 4:32