
कैलालीको गोदावरी नगरपालिका–५ का शिवचरण रानाको शव परिवारले बुझ्न अस्वीकार गरेका छन् । शनिबार बिहान गेटा मेडिकल नजिकै मृत अवस्थामा फेला परेका रानाको परिवारले शव बुझ्न मानेका छैनन् ।

उनको बिभत्स अवस्थामा शब भेटिएकोले रानाको हत्या मा संलग्नहरुको पहिचान गरेर कारवाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै उनीहरुले शव नबुझेने अडान लिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले सेती प्रादेशिक अस्पतालमा शव परीक्षण गरिएको भएपनि अहिलेसम्म परिवारले नबुझेको बताए।

घटनाको अनुसन्धानका लागि विभिन्न व्यक्तिमाथि सोधपुछ गरिरहेको बताउदै थापाले अनुसन्धानका लागि १२ जनालाई नियन्त्रणमा समेत लिईसकेको जानकारी दिए । राना गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका थिए ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/11, 7:28
2022/04/28, 12:17
2023/05/27, 12:54