महाकाली नदीमा साहसिक जलयात्रा शुरु
2021/03/01, 12:25
 
tourist

भीमदत्त नगरपालिका क्षेत्रमा पर्ने महाकाली नदीमा साहसिक जलयात्रा (याफ्टीङ) शुरु भएको छ। भीमदत्त नगरपालिका वडा नम्वर–१२ मा पर्ने निर्माणाधीन महाकाली चारलेन पुलबाट झुलुङ्गे पुलसम्म र्‍याफ्टीङ सेवा शुरु भएको हो। 

महाकाली र्‍याफ्टीङ एण्ड रिर्सोट प्रालिले पर्यापर्यटनलाई लक्षित गरि साहसिक जलयात्रा शुरु गरेको कम्पनीका सञ्चालक करन सिंह पालले जानकारी दिए।कम्पनीले र्‍याफ्टीङका लागि महेन्द्रनगरबाटै गाडी समेत व्यवस्था गरेको छ। नदीको ३ दशमलव ५ किलोमिटर दुरीमा सेवा सञ्चालन गरिएको कम्पनीका सञ्चालक करन सिंह पालले बताए । रिर्सोटका लागि जग्गा भाडा लिएर संरचना निर्माणको तयारी भइरहेको जनाएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्ले र्‍याफ्टीङ सञ्चालनले यस क्षेत्रको पर्यटन विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताए । २०७७ मा ३० गते महाकाली नदीमा ‘याफ्टिङ’ सञ्चालनका लागि भीमदत्त नगरपालिका कञ्चनपुर, परशुराम नगरपालिका डडेल्धुरा, दशरथचन्द नगरपालिका बैतडी, रुडुक, अक्सफाम, निड्स र र्‍याफ्टिङ एण्ड एडभेन्चर प्रालीबीच समझदारी-पत्रमा हस्ताक्षर भएको भएको थियो।

महाकालीमा निर्माण भइरहेको चारलेनको पुल र एशियाकै दोस्रो लामो झुलङ्गे पुल घुम्न आउने पर्यटकका लागि र्‍याफ्टिङ आर्कषणको केन्द्र बन्ने सम्भावना रहेको छ।