
सुदूरपश्चिम विश्वविद्यालयलाई सरकारले बीई कम्प्युटर कार्यक्रम सञ्चालनको अनुमति दिएको छ । ११ फागुनको मन्त्री परिषदले सुदूरपश्चिम विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ अन्तर्गत उक्त कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो ।

आइतबार सार्वजनिक भएको मन्त्रि परिषदको निर्णय अनुसार सुदूरपश्चिम विश्वविद्यालयले विद्यार्थी संख्या ४८ जना सहितको बीई कम्प्युटरको नयाँ कार्यक्रम सुरु गर्न सक्नेछ ।
विश्वविद्यालयलाई अस्थायी रुपमा यो कार्यक्रम सञ्चालनको स्वीकृति दिइएको हो । यससँगै सुदूरपश्चिम विश्वविद्यालय बीई कम्प्युटर विषयको अध्ययन अध्यापन गराउने देशकै पाचौं विश्वविद्यालय बनेको छ ।

त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय अन्तर्गत बीई कार्यक्रम यस अघि देखिन नै सञ्चालनमा छ ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/31, 2:59
2020/10/01, 5:41
2021/04/20, 3:05
2021/11/04, 9:33
2022/10/11, 6:40