
हातहतियार खरखजना मुद्धामा दोषी ठहर धनगढीका सञ्जय राना कैद भत्तान गरेर छुटेका छन् । डेढ वर्षको कैद सजाय भुक्तान गरेर राना छुटेका हुन । कैलाली जिल्ला अदालतका न्यायाधिस खेमराज भट्टको ईजलासले उनलाई दोषी ठहर गर्दै डेढ बर्षको कैद र १५ हजार जरिवानाको फैसला सुनाएको थियो । उनले रानालाई ठगी र कागजात किर्तेमा भने सफाई पाएका थिए । २०७६ को भदौमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोली र जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीको चटकपुरबाट चार थान पेस्तोलसहित राना र अन्य दुई जनालाई पक्राउ गरेको थियो । धनगढी उप–महानगरपालिका–६ मटियारीका राना, सोही ठाउँका कमल बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई पक्राउ गरिएको थियो । बिकले सफाई पाएका थिए भने अधिकारी ठगी र किर्तेमा दोषी ठहर भएका छन् ।


2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 11:29
2021/01/01, 8:05
2021/08/05, 3:48
2022/05/09, 4:32