सुदूरपश्चिममा अब सक्रिय संक्रमित कति ?
2021/03/03, 10:10
 
death

गतवर्षको चैतदेखि कोरोनाको त्रास भोगेको सुदूरपश्चिम विस्तारै सक्रिय सङ्क्रमितमुक्त हुने सम्भावनातर्फ अगाडि बढेको छ । 

एक वर्षपछि सङ्क्रमण दर घटेकाले प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झर्ने सम्भावना बढेको हो । सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको मंगलबारसम्मको तथ्याङ्क अनुसार यो प्रदेशमा अब सक्रिय सङ्क्रमितको सङ्ख्या १४९ मात्रै रहेको छ ।

जबकी मङ्सिर, पुसतिर यहि सङ्ख्या अढाई हजारसम्म पुगेको थियो । हाल प्रदेशका केही जिल्ला सक्रिय सङ्क्रमितमुक्त हुने अवस्थाको नजिक पुगिसकेका छन् ।