आज सुदूरपश्चिमका सबै अदालतमा पनि शोक बिदा भएको छ। सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकको निर्णयअनुसार सुदूरपश्चिमका ९ वटै जिल्ला अदालत र उच्च अदालत दिपायलमा पनि शोक बिदा दिइएको हो।
पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले एकदिनका लागि अदालतमा शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले बताए।
पूर्वप्रधानन्यायाधीश सिंहको फागुन १८ गते साँझ निधन भएको थियो। बि.स.१९८८ सालमा सर्लाहीमा जन्मिएका सिंहले २०५२ साल असोज १० गतेदेखि २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए।
2024/11/27, 4:05
2024/11/27, 3:58
2024/11/27, 3:35
2024/11/27, 3:24
2024/11/27, 3:14
2024/11/27, 4:05
2024/11/27, 3:58
2024/11/27, 3:35
2024/11/27, 3:24
2024/11/27, 3:14
2020/05/24, 4:53
2020/09/23, 11:50
2021/03/21, 12:04
2021/10/12, 10:48
2023/02/05, 1:47