कैलाली कारागारबाट विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज पुन रिहा हुँदै
2021/03/05, 11:26

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन आज छुट्ने भएका छन् । कैलाली कारागारमा राखिएका पुन र अर्का केन्द्रिय सदस्य विवेक कुमाल आज रिहा हुने भएका हुन् । सरकार र नेकपाबीच तीन बुँदे सहमति भएसँगै उनीहरुलाई रिहा गर्न लागिएको हो । पुनलाई ५० हजार धरौटीमा रिहा गर्न लागिएको हो । पुनलाई धनगढीको बेलीबाट प्रहरीले पक्राउ गरेको थियो ।

सुदूरपश्चिममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका जना कार्यकर्ता पुपक्षका लागि कारागारमा छन् । नेकपा र सरकारबीचको ३ बुँदे सहमतिसँगै २८ फाग’न ०७५ मा सो पार्टीलाई लगाएको प्रतिबन्ध बिहीवार फुकुवा गरेको थियो । फौजदारी कार्यविधी सहिंता ०७४ अनुसार राजनीतिक मुद्धा मन्त्रिपरिषद्ले महान्यायाधिवक्तासँग परामर्श गरेर फिर्ता लिने निर्णय गर्ने छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/31, 2:59
2020/10/01, 5:41
2021/04/20, 3:05
2021/11/04, 9:33
2022/10/11, 6:40