स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाही गर्न माग
2020/06/03, 1:18
 
kutpit

नेपाल स्वास्थ्यकर्मी संघ डोटीले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई कार्बाही गर्न माग गरेको हो ।

संघका अध्यक्ष अर्जुन बलायरद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा स्वास्थ्यकर्मीहरु भाइरस नियन्त्रण र रोकथामका लागि आफ्नो र परिवारको स्वास्थ्य जोखिममा राखेर सिमित स्रोत साधनका बावजुत अग्रमोर्चामा खटिराखेको उल्लेख गर्दै यस्तो अवस्थामा स्वास्थ्यकर्मी माथि भएको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

‘सबै स्वाथ्यकर्मीहरु असुरक्षित रहेको आभास दिएको छ । यस्ता प्रवृद्धिका घटनाले जो जति बेला पनि असुरक्षित छ भन्ने संकेत दिन्छ । तसर्थ तत्कालै सबै स्वास्थ्यकर्मीहरुलाई पर्याप्त सुरक्षाको अनुभुती दिलाउन राज्यसँग जोडदार माग गर्दछांै ।’–विज्ञप्तीमा भनिएको छ । 

आईतबार शिखर नगरपालिका वडा नम्बर ७ लाटामाण्डौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री लगेर दानकोट स्वास्थ्यचौकी गइरहेका अहेव रमेश कुवँर कुटपिटबाट घाइते भएका छन । गम्भीर घाईते कुवँरको काठमाण्डौ स्थित  ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

गाउँको बाटो हिड्दा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन जनाले गाली गलौच गर्दै एक्कासी ढुङ्गामुडा प्रहार गरेका थिए । 

2